Sikkim News : नेपाली समाचार -गान्तोक, सिक्किम- स्थापित सन् 1985, वेब साइटः सन् 2003 देखि
HIMGIRI : Gangtok, - सम्पादकः विजय बान्तवा
| सिक्किम कल्चर |
गाउँको नक्सा |
सुनाखरी फूल |
सुझाउ |
|
सिक्किम समाचार सिक्किम, दार्जीलिङ,डुअर्स, उत्तरपूर्वी राज्यहरू तथा राष्ट्रीय समाचार, लेख र तस्बीरहरू समेटेर English News_Himgiri
************* अंग्रेजीको पृष्ठ
फोटोः छांगु झिलको पचिळ्तिर बाट लिइएको दृश्य।
फोटोः छाङ्गु झीलको छेऊमा शुभ मुहुर्त- अफिस खोल्दा, व्यापार गर्दा र घर बनाउँदा यी नक्षत्रहरू मिति वा गते पारेर शुरु गरे फलिफाप हुन्छः नक्षत्रहरूः पुष्या, आद्रा, श्रवण, उफा, उषा, भरणी, शतविशा, विशाखा, रोहिनी।राहुकाल सोमबारः बिहान 7.30 बजी -देखि 9 बजीसम्म। मंगलबारः बेलुकी 3 बजी देखि 5.30 बजी सम्म। बुधबारः दिउँसो 12 बजी देखि 1. 30 बजीसम्म। बिहीबारःदिउँसो 1.30 बजी देखि 3.00 बजीसम्म। शुक्रबारः बिहान 10.30 बजीदेखि 12. 00 बजी। शनिबारःबिहान 9 बजीदेखि 10.30 बजीसम्म। आइतबार-बेलुकी 4.30बजी देखि 6.00 बजीसम्म। © सर्वाधिकार सुरक्षित। |
मुख्यमन्त्रीलाई विश्व शान्ति परिसंघद्वारा सम्मान-
गा हरित क्रान्ति अभियानमा आम सहभागिताको खाँचो-मुख्यमन्त्री डा. पवन चामलिङ गान्तोक, 30 जूनः सिक्किममा हरियाली वन संरक्षणलाई महत्त्व दिंदै विगतका दिनहरू सरह अझ यसलाई ठोस रुप दिनुमा आफ्नो पूर्ण अठोटको साथमा मानिसहरूलाई हरित क्रान्ति अभियानमा सरकारले उठाएको कदमलाई सहयोग गर्ने आह्वान मुख्यमन्त्री चामलिङले एक सन्देश मार्फत गरेका छन्। उनले भनेका छन्, उनको सरकारले सन् 1995-96 लाई हरित क्रान्ति वर्षको रुपमा पालन गरिएको थियो भने 2002-2010लाई हरित कान्ति दशकको रुपमा मानिसहरूको सहभागिताद्वारा पालन गरिन्दैछ। उनले यो पनि जनाएका छन् कि राज्यमा वन संरक्षण र दीर्घमियादी विकासलाई ध्यानमा राख्दै वनसम्बन्धी प्रवबन्धनबारे राज्यको नीतिमा पनि संशोधन गरिएको छ।यसरी नै वन संरक्षण र पर्यावरणबारे राज्यका पाठशालाहरूमा पाठ्यक्रममा सामेल गरिनु र पढ़ाइनु पनि अनिवार्य गरिएको छ।सन् 2002 मा 166 पञ्चायत युनिटहरूमा लागु गर्ने कार्य पनि गरिएको कुरो जनाएका छन्।धुप्पीको हाँगाहरू छिल्ने र नागबेली उठाउने कार्यहरूमा पनि प्रतिबन्ध लगाएको कुरो मुख्यमन्त्रीले जनाएका छन्। उनले राज्यवासीहरूलाई सरकारले चलाएको हरित क्रान्ति अभियानलाई सफलीभुत पार्न अघि आउने आह्वान गरेका छन्। मुख्यमन्त्रीको सन्देश अंग्रेजीमा जस्ताको तस्तै पढ्नको लागि यहाँ क्लिक गर्नोस् - हिमगिरि अंग्रेजी राजनीतिदेखि माथि उठेर भण्डारी र चामलिङ एउटै मञ्चमा सिक्किममा माइफेयर होटेल ल्याउनमा भण्डारीप्रति प्रशंसा
फोटोः मुख्यमन्त्री चामलिङ र पूर्वमुख्यमन्त्री भण्डारीले एकै मञ्चमा। नयाँ दिल्लीः 27 जूनः राजनीतिमा जे जसो भए तापनि राजनीतिदेखिमाथि उठेर खूबै दुर्लभ क्षणमा रानीपुलमा नयाँ होटल माइफेयर स्पा एण्ड रेसोर्टको उदघाटनको अवसरमा मुख्यमन्त्री तथा सिक्किम प्रजातान्त्रिक मोर्चाका अध्यक्ष डा. पवन चामलिङ र पूर्व मुख्यमन्त्री तथा सिक्किम प्रदेश कांग्रेस आइका अध्यक्ष श्री नरबहादुर भण्डारी एउटै मञ्चमा बसेर साथ साथै होटलको उदघाटन पनि गरे।
फोटोः मुख्यमन्त्री चामलिङ र पूर्वमुख्यमन्त्री भण्डारीले साथैमा होटेल उदघाटन गर्दै भर्खरै मात्र सिक्किम विधानसभा चुनाउमा दुवै दल एकार्काको कट्टर प्रतिपक्षी रहेर प्रचार गरेको भए तापनि तथा कंग्रेस आईले अन्य पार्टीभन्दा कड़ा टक्कर दिएको भए तापनि राजनीतिदेखि माथि उठेर दुवैलाई एकै साथमा समारोहमा देखिएको कम नै उदाहरण रहेको छ। चुनाउमा पराजय भए पछि पूर्व मुख्यमन्त्री भण्डारीले राजीनामा दिएर सन्यास लिने घोषणा गरे तापनि प्रदेशको अध्यक्षता पद् सम्हाल्ने अनुरोध फेरि पनि बैठकमा उनका कार्यकर्ताले गरेपछि वर्तमानमा उनले अध्यक्ष पद् सम्हालेका छन्। आफ्नो सम्बोधनमा उड़िसाबाट निवेशकलाई ल्याएर सिक्किममा यस प्रकारको स्तरीय होटेल माइफेयर स्पा एण्ड होटेल ल्याउनमा सिक्किमका वरिष्ठ राजनीतिज्ञ तथा पूर्व मुख्यमन्त्री श्री भण्डारीको योगदान रहेको कुरो जनाउँदै मुख्यमन्त्री चामलिङले प्रशांसा गरे।उनले माइफेयर जस्तो होटेल स्थापनाले सिक्किममा धेरै पर्यटकहरू आउनु सक्ने कुरो जनाए।उनले सम्झौतामा हस्ताक्षर गरिए अनुसार होटेल प्रबन्धनले स्थानीयहरूलाई नै नोकरी दिलाउनु पर्नेछ, त्यसमा सम्झौता हुनु सक्दैन भने। यहाँ यो उल्लेख गरिन्छ कि भण्डारीको 25 ऐकर जमीन भाड़ामा पुञ्ञीनिवेशकलाई दिएर यो होटेल बनाइएको छ।माईफेयरका महाप्रवन्धक निर्देशक श्री दिलीप रेले यो होटेल उदघाटन गरेकोमा मुख्यमन्त्री र पूर्व मूख्यमन्त्रीलाई धन्यवाद चढ़ाउँदै आफ्नो सम्बोधनमा भने, यो होटेलको निर्माणबाट सिक्किममा पहिलेबाटै 60 करोड़ लगानी भइसकेको छ।उनले जनाए, पूरा उत्तरपूर्वीय राज्यमा नै यो होटेल पहिलोपल्ट बनाइएको छ।उनले अझ पनि होटेल माइफेयरको थप आकर्षणहरू र बढ़ोत्तरी गरिने काम हुनेछ जसमा लागत एक सय करोड़ पनि पुग्नेछ।यो होटेलको कोठाको दर 12 हजारदेखि 35 हजार रुपियाँ सम्म रहेको छ।हरियाली सुन्दरता तथा सुन्दर वस्तुकलाले यो होटेल बनाइएको छ। सुनगाभा साहित्यिक पत्रिकाको विमोचन
गान्तोक, 29 जूनः स्थानीय समाचार प्रकाशन कार्यालय क़ञ्चनजंघा टाइम्समा सुनगाभा समसामयिक साहित्यिक पत्रिकाको विधिवत् विमोचन कार्यक्रम वरिष्ठ पत्रकारद्वय विष्णु प्रताप कणेल तथा हेमन्त गिरीको बाहुलीबाट सम्पन्न भयो। गान्तोकबाट प्रकाशित यो साहित्यिक पत्रिकाका सम्पादकहरू दुर्योधन जैरु र सञ्जीव तामाङ रहेका छन्।वरिष्ठ पत्रकार कणेलले युवाद्वय जैरू र तमाङको सफल सत्प्रयासको सराहना गरे। पत्रकार गिरीले पत्रिकाको निरन्तरता दिनु महत्वपूर्ण कुरो हो भन्ने जनाए। |
पेट्रोल, डिजेलको दाममा बढ़ोत्तरी, महंगाइमा अझ वृद्धि गत जुलाई 2 को मध्यरातदेखि भारत सरकारले पेट्रोलको दाम प्रति लिटर चार रुपियाँ र डिजेलको दर दुई रुपियाँ गरेर वृद्धि गरेको छ।यद्यपि खाना पकाउने ग्यासको दाम भने बढ़ाएको छैन, यसमा वार्षिक 30 करोड़को घाटा सरकारले उठाइरहेको छ।अन्तर्राष्ट्रीय बजारमा काँचो तेलको दाम बढ़ेकोले यसो गरिएको जनाइएको छ। अर्कोतिर आवश्यक खानेकुरा, सागसब्जी आदिको दाम दिनोदिन बजारमा बढ़िरहेको छ।मानिसहरूले अहिले दाम तिरेर पनि भनेको जस्तो उचित प्रकारले सागसब्जी र फलफूल प्राप्त गर्न हम्मे हम्मे परिरहेछ।गान्तोकमा टमटरको दाम 35 रुपियाँ प्रतिकिलो भएको छ भने हरियो सिमीको दाम 40 रुपियाँ पुगेको छ अनि इस्कुसको दाम 20 रुपियाँ प्रतिकिलो पुगेको छ। डिजेल प्रेटोलको दाम बढ़ेपछि अरु आवश्यक वस्तुको मूल्य बढ़नेछ। 100 दिनभित्र सम्पूर्ण सिक्किमेको तथ्याङ्क बटुलेर योजना बनाइनेछःचामलिङ गान्तोक, 22 जून- आजभन्दा 17 वर्ष अघि सन् 22 जून 1993 मा सिक्किम प्रजातान्त्रिको मोर्चा वा एसडीएफ पार्टीले सिक्किममा तत्कालीन राज्य सरकारको विरुद्ध विशाल जुलुसले तादोङदेखि देउरालीसम्म लामो जुलुस निकालेर विरोध प्रदर्शन गरेको थियो, त्यसमा भिड़न्त हुँदा पुलिसले अश्रु ग्यास तथा लठ्ठी प्रहार गरेको थियो तथा कतिपय एसडीएफका नेताहरू पक्राउ गरिएको थियो, त्यहीं घटनापछि लामो समयसम्म संघर्ष गर्दै वर्तमान मुख्यमन्त्री तथा एसडीएफका अध्यक्ष पवन चामलिङ भूमीगत भएका थिए।त्यहीं दिवसको स्मरण गर्दै एसडीएफले सालैपछि सम्पूर्ण क्रान्ति दिवस पालन गर्दै आएको छ।यसै अवसरमा एसडीएफ भवन, इन्दिरा बाइपासमा 22 जूनको दिन मुख्य़मन्त्री तथा पार्टी अध्यक्ष पवन चामलिङको अध्यक्षतामा एक समारोहको आयोजन गरिएको थियो। सो समारोहलाई सम्बोधन गर्दै क्रान्तिको अर्थ व्यापक अर्थ रहेको जनाउँदै यसलाई सकारात्मकरुपमा लिनुपर्दछ भने। उनले अझ भने, क्रान्ति भनेको जनताको भाग्य निर्माण गर्ने प्रक्रियो हो, अन्याय र अत्याचारको विरुद्भ संघर्ष गर्ने शक्ति हो।उनले अझ पनि पार्टीभित्र निहित स्वार्थ रहेका जातिवादमा संलग्न मानिसहरू रहेको कुरो गर्दै तपस्या, त्याग र सैद्धान्तिक अड़ान एवं योगदानबाट मात्र सिक्किम निर्माण गर्ने प्रक्रिया सफल हुन्छ भने। विपक्षी नभएको सरकारमा एसडीएफ पार्टीले नै विपक्षीको असल भूमिका निर्वाह गर्नुपर्दछ भन्दै जुन जुन मन्त्रीले राम्रो काम गर्दैन र मन्त्रीबाट निकाल्नुपर्छ भने पार्टीले भन्छ, सो मन्त्रीहरूलाई निकाल्छु भने, अनि विगत 15 वर्षसम्म प्रभावकारी काम गर्न असफल रहेको थियो भने अब प्रभावकारी र असल काम रहेको 5 वर्षभित्रमा गरिसिद्धाउनुपर्छ भने। उनले अबको सरकारले 100 दिनभित्रमा सम्पूर्ण सिक्किमको माइक्रोलेभलमा तथ्याङ्क तयार बनाएर यस्तो योजना बनाइने कुरो जाहेर गरे, जसले गर्दा आम मानिसहरूको जीवन नै परिवर्तन हुने कुरो जनाए।वास्तवमा जनताको आधारभूत खाँचो के हो र कसरी उनीहरूलाई क्षमताशील र उत्पादनमूलक बनाउनु सकिइनेछ, त्यस दिशामा सरकारले मूलभूतरुपमा काम गर्नेछ, उनले जनाए।उनले माथिको मानिसहरू आफू ठीक हुनुपर्छ र सिक्किममा श्रमको महत्व बुझ्नुपर्छ भन्दै केवल बोलेरो र जिप्सी गाढ़ीमा कुदेर ठूलाहरूले मन्तिरका मानिसहरूलाई आदेश छाँटेर मात्र हुँदैन, तर आफैले त्यस्ता काममा हात हाल्नुपर्दछ भने।उनले सिक्किममा अनेक अवसरहरू भएको तर त्यसको सही सदुपयोग नभेको जनाउँदै अब अवसर पैदा गरेर मात्र हिइन तर दक्ष जनशक्तिको पनि तयारी गर्ने दिशामा सरकारले काम गर्ने जनाए। उनले राज्यका गाउँबस्तीका गरीब विद्यार्थीहरू जसले पाँचौं श्रेणी र अन्य बोर्ड परीक्षमा दशता हासिल गरेर वा उच्च अंक लिएर सफल हुन्छ, उनीहरूलाई असल स्कूलहरूमा सरकारले नै पढ़ाउने बन्दोबस्त पनि गर्नेछ भन्ने कुरो जनाए। गोर्खा जागरण समाजबाट प्रतिभाशाली विद्यार्थीहरू र आदिवासी युवा मुर्मुलाई अभिनन्दन एवं सम्मान
गान्तोक, 2 7 जूनः दार्जीलिङ, डुवर्स एवं समतलबाट सिक्किमलाई कर्मभूमी बनाएर बसोबासो गर्ने गोर्खा समुदायद्वारा गठित गोर्खा जागरण समाजले यहाँ एक समारोहमा हालै दशौं र 12 औं कक्षामा सर्वोत्कृष्ट अंक ल्याएर ऊतीर्ण हुने विद्यार्थीहरूलाई अभिनन्दन जनायो भने समाजसेवी तथा शिक्षाविद् सुश्री किपु लेप्चा र आदियासी युवा नेता धानु मुर्मुलाई सम्मान जनाए। अभिनन्दित विद्यार्थीहरूमा दशौं र बाह्रौं कक्षामा राज्यमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरू टीएन पाठशालाकी श्रेया शर्मा, सन्त जेभियर्स पाठशाला पाकिमका दीपेन्द्र ली, होलिक्रस पाठशाला, तादोङका प्रिया बन्सल र जुल्फिसन हकलाई सो समारोहको मुख्य अथिति सिक्किम विश्वविद्यालयका उपकुलपति डा. महेन्द्र पी. लामा, विशिष्ट अतिथि विजय कुमार सुब्बा र सो समाजका सभापति भवानी शर्माले प्रशस्ति-पत्र र स्मृति चिन्ह प्रदान गरेर अभिनन्दन एवं सम्मान गरे।
फोटोः आदिवासी युवा नेता धानु मुर्मु र सर्वोत्कृष्ट हुने छात्रालाई सम्मान एवं अभिनन्दन जनाउँदै। |
First time
World class School in Eastern India!
Admission -For world class education from LKG to Class XI in PAILAN WORLD SCHOOL Kolkatta, admission starts from April 7, 2009. For details visit www.pailanworldschool.com Pailan World School is a residential school with day boarding facilities from class LKG to class XII (IGCSE & A-Level) & LKG to class VII (ICSE
For students of Sikkim, contact Sikkim representative at mobile number 9775972432